टिस्टा नदीको किनारमा रहेका १९ वटा गाउँलाई लिएर सचेतना कार्यक्रम आयोजित

IMG-20240530-WA0260.jpg

गान्तोक: आगामी मनसुनलाई ध्यानमा राख्दै टिस्टा नदीको किनारमा रहेका १९ वटा गाउँलाई लिएर सचेनता साथै पीआरए अभ्यास कार्यक्रम सिरवानीको एनएचपीसी स्कूलमा सम्पन्न भयो। यस कार्यक्रमको नेतृत्व सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका सह निर्देशक केसाङ निमा भोटिया लगायत अन्य अधिकारीहरूले गरेका थिए। उक्त कार्यक्रममा खाम्दोङका खण्ड विकास अधिकारी सावन ढकाल,वार्ड पञ्चायत मनोज र विद्यालयकी प्रचार्य प्रिया मुख्या लगायत अन्य शिक्षकहरूको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्य ग्लेलियल झील फुटदा जलास्तरमा वृद्धि साथै अन्य विषयमा जागरूक गराउनु रहेको थियो।

About Author

Advertisement