टिस्टा त्रासदीको कार्यमाथि समन्वय बैठक

IMG-20231102-WA0249.jpg

बैठकमा भविष्यमा गर्ने कार्यको रूपरेखा तयार

दार्जिलिङ: टिस्टा त्रासदीको कार्यमाथि समन्वय बैठक सम्पन्न भएको छ। उक्त बैठकमा भविष्यमा गर्ने कार्यको रूपरेखा तयार पारिएको जानकारी प्राप्त भएको छ। कालेबुङ जिल्लापाल, दार्जीलिङ जिल्लापालका प्रतिनिधि, जीटीएका ईडी अनि विभागीय अधिकारीहरू, कालेबुङका विधायक, सभासदहरू, खण्ड विकास अधिकारी अनि पञ्चायत समितिका सदस्यहरूलाई लिएर आज जीटीए प्रमुख कार्यपाल अनित थापाको अध्यक्षतामा बैठक सम्पन्न भएको छ। बैठक पेसोकस्थित पीडब्लुडी बङ्लोमा बसेको थियो। बैठक पश्चात जीटीएका ईडी सोनाम भोटियाले बैठक विषय जानकारी दिँदै भने, “आजको बैठकमा विशेष गरी दुई बिन्दुहरूमा छलफल भयो। पहिलो – टिस्टा आपदामा आजसम्म गरेको कामको मूल्याङ्कन अनि दोस्रो भविष्यमा हुने कामहरूको रूपरेखा तयार पार्नु रहेको थियो।’
आपदामाथिको पुनर्स्थापन कार्य गर्न खण्ड विकास स्तरमा संयोजन समितिको गठन गरियो।
भोटियाले भने, “जिल्लापालको कार्यालयबाट जति पनि रिपोर्टहरू राज्य सरकारलाई पठाइन्छ ती रिपोर्टमाथि पनि आलोचना गर्यौ। जिल्लापालले प्रभावित क्षेत्रका खण्ड विकास अधिकारीलाई निर्देश दिएका छन् कि आगामी सोमबार भित्रमा क्षतिको पूर्ण विवरण जिल्लापालको कार्यालयमा पुग्नु पर्नेछ।”
दार्जीलिङ जिल्लापालले पनि भोलि जिल्लाको अधिकारीसँग बैठक डाक्ने जानकारी आएको छ।

https://youtu.be/lMiOB29KYn0?feature=shared

About Author

Advertisement