टिस्टा त्रासदीः चार जिल्लाबाट ३४३८ लाई उद्धार गरियो

n5463580581697042530686a54102c69f6b6c658c321bdb7044424ffd9ea976558bee778333c5072bf6f100.jpg

गान्तोक: सिक्किम राज्यको बाढी प्रभावित चार जिल्लाबाट अहिलेसम्म ३४३८ जनालाई सुरक्षित उद्धार गरिएको छ। यसमा सर्वाधिक संख्या मंगन जिल्लाको रहेको छ, जहॉंबाट अहिलेसम्म १७२५ जनालाई उद्धार गरिएको छ।

यसैगरी, गान्तोक जिल्लाबाट १०२५, नाम्ची जिल्लाबाट ६३० र पाकिम जिल्लाबाट ५८ जनालाई उद्धार गरिएको छ।

उक्त जानकारी योजना एवं विकास तथा डीओपीका सचिव रिन्जिङ छेवाङ भोटियाले आज आयोजित एक प्रेस सम्मेलनमा दिएका हुन्। उक्त जानकारी आज दिउॅंसो ३ बजीसम्मको रहेको बताइएको छ। प्रेस सम्मेलनमा आईपीआर विभागकी सचिव कर्मा डी. युत्सो पनि उपस्थित थिइन्।

अधिकारीहरूले टिस्टा नदीको बाढीको चपेटमा परेर अहिलेसम्म ३७ जनाको मृत्यु भएको जानकारी गराइयो। यसैगरी, निखोज रहेका मानिसहरूको संख्या ७८ र क्षतिग्रस्त घरहरूको संख्या १८२३ रहेका छन्। चारवटा जिल्लामा कुल २१ वटा राहत शिविर स्थापित छन् भने यहॉं ३७७३ जना छन्।

अर्कोतिर, आज मौसम प्रतिकूल रहेकाले हेलिकप्टरद्वारा रेस्क्यू कार्य बाधित रह्यो।

About Author

Advertisement