टिस्टा, इच्छे, रेली, बाँङगेको ताजा स्थिति नियाल्न हाम्रो पार्टीको टोलीको भ्रमण

IMG-20240615-WA0279.jpg

दार्जीलिङ: टिष्टा,इच्छे आदि क्षेत्रको ताजा स्थिति नियाल्न हाम्रो पार्टीको प्रतिनिधि टोलीले गरयो भ्रमण।गत केही दिन अधिदेखि परेको मुसलधारे पानीले टिष्टाको जल स्तर बढेर गएको छ, जसले गर्दा यस अवधि टिष्टाको स्थिति भयानक भएर गएको छ। हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष एंव निर्वाचित सभासद रोवर्ड छेत्रीको नेतृत्वमा पार्टीको केन्द्रीय नेतृत्वहरू भरत तामाङ, सुरज गुरूङ, नोरा सुब्बा आदिले टिष्टा, इच्छे, रेली, बाँङगे आदि क्षेत्रको भ्रमण गरयो।यस अवधि हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष एंव सभासद रोवर्ड छेत्रीले आज भन्दा दिन अधि हामी इच्छेको अवस्था बुझन आएका थियौ, त्यस समय हामीले इच्छेबासीहरूलाई जब जब हामी कालेबुङ आउँने छौ तब तब हामी तपाईहरूसंग भेटन अवश्यै आउँने बाचा गरेका थियौ। गत ५ जूनको दिन हामी यहाँ इच्छेमा आउदा पानी सानो रूपमा बग्दै थियो तर आज इच्छे, रेली खोलामा पानीको धेरै ठूलो रूपमा बगि रहेको हामीले देख्यौ। इच्छे, रेली खोलामा पानीको प्रवाह जस्तो प्रकारले बगी रहेको छ, यसकारण हामी इच्छेबासीहरूलाई पनि सुरक्षित स्थानमा बस्ने आहवान गर्छौ हाम्रो पार्टी केन्द्रीय उपाध्यक्ष एंव सभासद छेत्रीले भने। तिनले अधि भने इच्छे एंव रेली खोलामा जस्ले पनि बालुवा गिटटी आदि जस्ताको निम्ति खनन कार्यहरू गरी रहेको छ,उनीहरूलाई हामी अनुरोध गर्छौ तपाईहरूले खनन कार्य बन्द गरी दिनु होस भन्दै छेत्रीले अनुरोध गरयो। तिनले कालेबुङ लगायत सम्पूर्ण पहाडबासीहरूलाई आफु बसेको वरिपरिमा रहेको नालाहरू साफ सफाई राख्ने आहवान पनि गरेका छन।यसरी नै हाम्रो पार्टी बरिष्ठ नोरा सुब्बाले रेली खोलाको बढदो जल स्तरलाई देख्दा हामीलाई डर लागेर आएको छ भन्ने बताएकी छिन। तिनले अधि भने हरेक साल बर्खायमको समयमा पहाडबासीहरूले विभिन्न प्रकारको समस्याहरू भोग्न परी रहेको छ। आज टिष्टाको अवस्था भयानक भएर गएको छ। आज इच्छेको जो स्थिति देखा परेको छ त्यसलाई अध्यान गर्न अति नै जरूरी रहेको सुब्बाले बताएकी छिन। हाम्रो पार्टीको प्रतिनिधि टोलीले आज टिष्टाको ताजा स्थितिमाथि चर्चा गर्न एनएचपीसीको अधिकारीसंग भेट गर्न पूगेका थिए तर भेटन नसक्दा हाम्रो पार्टीको टोलीले सिलगढी स्थित एनएचपीसीको कार्यलयमा गएर अधिकारीहरूसंग भेट गर्ने योजना बनाएका छन। टिष्टा लगायत रेली, बाङगे, इच्छे आदि क्षेत्रको ताजा अवस्थाको रिपोर्ट पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्सलाई बुझाउँने छ अनि पार्टीले यस बारे के कस्ता कार्यहरू गर्नु पर्ने त्यो चर्चा परिचर्चा गर्ने भएको छ।

About Author

Advertisement