जलपाईगढी: भारी वर्षाका कारण टिस्टा नदीको बहाव बढेको छ। बुधबार पनि टिस्टा नदीमा रेड अलर्ट जारी गरिएको छ। त्यस्तै टिस्टाको असुरक्षित क्षेत्रमा मेखलीगञ्ज बंगलादेश सीमानासम्म रेड अलर्ट, राष्ट्रिय राजमार्ग ३१ जलढाका नदी किनारको असुरक्षित क्षेत्रमा रेड अलर्ट र संरक्षित क्षेत्रमा पहेँलो अलर्ट जारी गरिएको छ। टिस्टा, दोमोहनीको असुरक्षित क्षेत्रमा पहेंलो चेतावनी जारी छ। टिस्टा पूरै गतिमा छ। जलपाईगढी सिँचाइ विभागको केन्द्रीय फ्लैट कन्ट्रोल रुमले बुधबार बिहान ६ बजे जलपाईगुडी गजलडोबा टिस्टा ब्यारेजबाट २८२९.४५ क्युमेक पानी छोडेको जानकारी दिएको छ। जिल्लाका अन्य खोलाको पानी पनि बढ्दै गएको छ। जलपाईगढीको आकाश बुधबार बिहानैदेखि बादल लागेको छ। टिस्टा लगायतका अन्य नदीमा समेत सतर्कता अपनाएपछि नदी क्षेत्रका बासिन्दा चिन्तित भएका छन्।









