टिया गुरूङ र रूप नारायण कामी सिक्किमको शानः राज्यपाल

Untitled-1-copy-50

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज गणतन्त्र दिवस २०२३ को अवसरमा एनएसएसको तर्फबाट परेडमा भाग लिने सिक्किमका दुई विद्यार्थी टिया गुरूङ र रूप नारायण कामीले राजभवनमा शिष्टाचार भेट गरे।

यस भेट अवधि राज्यपालले उनीहरूलाई सिक्किमको शान बताउॅंदै भविष्यमा हुने कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन अनि राष्ट्रको निम्ति कार्य गर्न आह्वान गरे। उनले विद्यार्थीहरूलाई आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न दृढ संकल्प र आत्मविश्वासलाई बलियो राख्न सुझाउ दिए। उनले अरूहरूप्रति दया, करुणा र सहानुभूतिको भावलाई जीवित राख्न प्रेरित गरे।

About Author

Advertisement