टिका सुब्बा पुनः सिक्किम क्रिकेट संघको अध्यक्ष

IMG_5772

माझीटार: टिका सुब्बा पुनः सिक्किम क्रिकेट संघ (सिका) को अध्यक्षमा निर्वाचित भएका छन्। माझीटार, रम्फूमा सम्पन्न सिकाको वार्षिक साधारण सभाबाट नयाँ पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन्।
सिकाद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिअनुसार संघको वार्षिक साधारण सभा ३१ जनवरी २०२६ का दिन रम्फूस्थित माझीटारमा सम्पन्न भएको थियो। सभाले आगामी कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध चयन गरेको जनाइएको छ।
सभाबाट उपाध्यक्षमा कर्मा जिग्मी नामग्याल, सचिवमा नयन छिरिङ भोटिया, संयुक्त सचिवमा राजेन्द्र गुरुङ र कोषाध्यक्षमा बिरेन गुरुङ निर्वाचित भएका छन्।
यसैगरी साधारण सभाले आर्थिक वर्ष २०२३–२४ र २०२४–२५ का अडिट गरिएका लेखाहरू पनि पारित तथा अनुमोदन गरेको सिकाले जनाएको छ।

About Author

Advertisement