टास्क फोर्सद्वारा सिलगढीको विभिन्न बजारमा अभियान

jo.png

सिलगढी: आज राज्य कृषि विभागको सिलगढी शाखाका अधिकारीहरूलाई लिएर गठन गरेको एउटा टास्क फोर्सले यहाँको विभिन्न बजारहरूमा अभियान चलायो ।यस फोर्सले आज सिलगढीको विधान मार्केट, चम्पासरी बजार, महावीरस्थान बजार लगायत बजारमा अभियान चलायो। कसैले सब्जी स्टोर गरेर राखेर कम्ती सब्जी बजारमा ल्याएर त्यसलाई अधिक मूल्य बिक्री गरिरहेको छ अथवा छैन भन्ने विषयमा तिनीहरूले निरीक्षण गरे। वर्षाले गर्दा सब्जीहरूको मूल्य बढेको अधिकारीहरूले प्राथमिक अनुमान लगाएका छन्। टास्क फोर्सको यस प्रकारको अभियान लगातार चलिरहने बताइएको छ।

About Author

Advertisement