टाशिलिङ सचिवालयमा पालन गरियो संविधान दिवस

IMG-20231125-WA0221.jpg

गान्तोक: यस वर्षको संविधान दिवस राज्यका सबै सरकारी कार्यालयहरू, पीएसयू र शैक्षिक संस्थाहरूमा भारतको संविधानको प्रस्तावना पढेर पालन गरियो। यसै क्रममा टाशीलिङ सचिवालयको प्रेक्षागृहमा राज्यका मुख्य सचिव भीबी पाठकले विभिन्न विभागका प्रमुखहरूलाई लिएर प्रस्तावना पढेर सुनाए। प्रत्येक वर्षको २६ नोभेम्बरमा संविधान दिवस पालन गरिन्छ, तर भोलि विदाको दिन भएकोले गर्दा आज नै संविधान दिवस पालन गरिएको जानकारी गराइएको छ। विशेष गरेर हाम्रा हाम्रा संस्थापक पिताहरूको योगदानलाई समर्थन गर्ने, सम्मान गर्ने र स्वीकार गर्ने उद्देश्यका साथ भारतीय संविधानलाई ग्रहण गर्ने, यसका आदर्श र सिद्धान्तहरूलाई प्रकाश पार्ने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर २६ मा संविधान दिवस मनाइन्छ। यस वर्ष, संसदीय मामिला मन्त्रालयले देशका २२ वटा आधिकारिक भाषा र अंग्रेजीमा संविधानको प्रस्तावना पढ्न आमन्त्रित गरेको छ। यो गतिविधिले संविधानको मूल्यमान्यतालाई नागरिकमाझ प्रवर्द्धन गर्न सक्ने सम्भावना व्यक्त गरेको छ।

About Author

Advertisement