टाशीलिङ सचिवालयमा विशेष कोविड टीकाकरण अभियान

IMG_20220720_225455.jpg

गान्तोक: राज्य टीकाकरण प्रकोष्ठद्वारा टाशीलिङ सचिवालयमा आज विशेष कोविड टीकाकरण आयोजन गरियो। यस कार्यक्रममा चिकित्सा विभागका अधिकारीहरू र युनिसेफ टीकाकरण परामर्शदाताहरू उपस्थित थिए।

प्राप्त जानकारी अनुसार, आज कुुल ४७३ जनाले कोरोनाको सावधानी खुराक र १ जनाले दोस्रो खुराक लिए। स्वास्थ्य विभागका आयुक्त एवं सचिव डी. आनन्दनले टीकाकरण स्थलको भ्रमण गरेका थिए। सचिवालयमा टीकाकरणको विशेष सत्र २ दिन २० र २१ जुलाईमा सम्पन्न गरिने बताइएको छ।

About Author

Advertisement