टाशीडिङका २३ जना दोकानेहरूविरूद्ख ८४ हजार जरिमाना

IMG-20240612-WA0234.jpg

गान्तोक: गेजिङ जिल्लाको टाशीडिङ लासो र चोङराङको खाद्य सुरक्षा अधिकारी, स्वास्थ्य एवम परिवार कल्याण विभाग र पशुपालन एवम पशुधन विभागका अधिकारी साथै पुलिस अधिकारीहरूले विभिन्न दोकानहरूको निरीक्षण गरे। विशेष गरेर केही दिन अघि खाद्य सुरक्षा विभागसमक्ष केही उपभोक्ताहरूले म्याद पुरा भइसकेका सामग्रीहरू विक्री भइरहेको सिकायत सम्वन्धित निकायका अधिकारीहरूलाई गरेका थिए। उपभोक्ताहरूको गुनासो र सिकायलाई गम्भीरतापूर्वक लिँदै खाद्य सुरक्षा अधिकारी डा. शिल्प सुनवारले आज उक्त क्षेत्रको विभिन्न बजार साथै दोकानहरूको निरीक्षण गरे। खाद्य सुरक्षा ऐन २००६को उल्लंघन भएको, विना लाइसेन्स सामग्री वितरण गरेको भन्दै विभिन्न दोकानहरूको निरीक्षण गरेको थाह लागेको छ। निरीक्षणको क्रममा सीएमओ डा.विकास अधिकारीले खाद्य सुरक्षा र मानक नियम अनुसार २३ जना दोकानेहरू विरूद्ध कूल ८४ हजारको जरिमाना तोकेका छन्।

About Author

Advertisement