टलीवुड अभिनेता बोनीसित सोधपुछ

77043603.webp

कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा जाँच गरिरहेको केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) को नजर अब बांग्ला फिल्म इन्डस्ट्री टलीवुडका तीन कलाकारहरूमाथि छ। शिक्षक नियुक्ति भ्रष्टाचारबाट हासिल भएको फण्डको लागतले बनेका फिल्महरूमा काम गरिसकेका छन्। यसमा नयाँ नाम बोनी सेनगुप्ताको छ। केन्द्रिय एजेन्सीले बोलाउँदा उनी बिहीवार दिउँसो सीजीओ कम्प्लेक्स स्थित ईडी मुख्यालयमा पुगेका छन्, जहाँ उनीसित सोधपुछ भईरहेछ। आरोप छ, नियुक्ति भ्रष्टाचारको साटो असूली हुने राशिबाट फिल्म बनाइने गरिन्थ्यो। कुन्तल घोष पनि त्यसको हिस्सा थिए र त्यसमा बोनी सेनगुप्ता सदैव मुख्य भूमिकामा रहनेगर्थे। बिहीवार कोर्टमा पेशीको निम्ति ल्याइएका कुन्तल घोषसित जब बोनीबारे सोधियो, तब उनले आफूले बोनीसित पाँच वर्ष काम गरिसकेको स्वीकार गरे।वस्तुतः ईडीले कुन्तल घोषको अकाउन्टबाट भएको रूपियाँको लेनदेनको दस्तावेज हात पारेको छ। यसमा बोनीको नाम छ। दाबी गरिएको छ कि दुवैबीच राशिको लेनदेन भएको छ। यद्यपि, यो रूपियाँ किन दिइएको हो, फिल्महरूमा काम गर्नका लागि पारिश्रमिकको रूपमा वा त्यसको भ्रष्टाचारसित कुनै सीधा सम्बन्ध छ, केन्द्रिय एजेन्सीहरूले यसबारे जाँच गर्नेछ।

About Author

Advertisement