टर्जम पोख्रेबुङ गोल्डकपको तेस्रो दिनको म्याचमा तरुञ्जबारी एफसी सिलगढी बिजय

दार्जिलिङ: पूर्व सैनिक अर्धसैनिक टर्जमद्वारा आयोजित टर्जम पोख्रेबुङ गोल्डकप फुटबल टुर्नामेन्टको तेस्रो दिनको म्याचमा तरुञ्जबारी एफसी सिलगढी बिजय बनेको छ। तेस्रो दिनको म्याच तरुञ्जबारी एफसी सिलगढी र सुबोध अकादमी सिलगढीबीच भीडन्त भयो जसमा तरुञ्जबारी एफसी ले १ को विरुद्ध ३ गोलले विजय हाँसिल गरेको छ‌। अब भोलि बुधवारको म्याच कञ्चनजङ्घा फुटबल क्लब सिलगढी बनाम कुमार स्पोर्टिङ क्लब सिक्किमबीच हुने भएको छ। यो म्याच दिउँसो १:३० बजीदेखि शुरू हुने भएको छ आयोजक समितिको तर्फबाट महासचिव राजेस तामाङले जानकारी गराएका छन्। उनले दिएको जानकारी अनुसार पूर्व सैनिक अर्ध सैनिक टर्जम पोख्रेबुङको आयोजनामा गत आईतबारदेखि गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको थियो।

About Author

Advertisement