अलिपुरद्वार: काल्चिनी ब्लकको लताबारी क्षेत्रमा एक व्यक्तिको झुण्डिएको शव फेला परेको छ। घटना सार्वजनिक भएपछि उक्त क्षेत्रमा हलचल मच्चिएको थियो। स्थानीय स्रोतका अनुसार सो क्षेत्रका ३० वर्षीय मुकुल बागवारको शव उनका आफन्तले मंगलबार फेला पारेका हुन्। उनलाई तत्कालै लताबारी ग्रामीण अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। काल्चिनी प्रहरी चौकीले शव बरामद गरी पोस्टमार्टमका लागि पठाएको छ।











