झापाली साहित्यकार तथा शिक्षासेबी ओलीको निधन

IMG-20241101-WA0244

बिर्तामोड़: झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ। अर्जुनधारा ८ निवासी ओलीको आज दिउँसो ३.५७ बजे आफ्नै निजी निवासमा निधन भएको हो। उनका दुई छोरा र एक छोरी रहेका छन्। जेठा छोरा निरजकुमार ओली कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अध्यक्ष हुन् भने कान्छा छोरा सार्दुलहाङ ओली न्यू भिजन बचत तथा ऋण सहकारी संस्थाका सचिव रहेका छन्। छोरी सुम्निमा ओली थपलिया हुन्। दिवंगत ओलीको पार्थिव शरीरलाई भोलि बिहान ११ बजे कनकाई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

About Author

Advertisement