झापामा १५ जनाको मृत्यु, १३ करोड बढी क्षति

IMG-20240705-WA0067

बिराटनगर: विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोडभन्दा बढीको क्षति भएको छ। चालु आर्थिक वर्षको जुलाईदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ को मृत्यु र १३ करोड ७२ लाख ८४ हजार ९ सयको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए। हावाहुरीबाट २ करोड ७६ लाख ४० हजार, बाढीबाट १ करोड ५० लाख, आगलागीबाट ९ करोड ८३ लाख ६ सय र चट्याङले ८ लाख ४४ हजार ३ सय बराबरको भौतिक क्षति भएको छ। त्यस अवधिमा बाढीबाट नौ जनाको मृत्यु र एक बेपत्ता, आगलागीबाट तीनको मृत्यु, २३ जना घाइते र चट्याङ लागेर तीनको मृत्यु, तीन जना घाइते भएका प्रवक्ता चन्दले जानकारी दिए।

About Author

Advertisement