झापा (दमक): झापाको शिवसताक्षीस्थित झिलझिले बजारबाट १२ जना जुवाडे पक्राउ परेका छन्। झिलझिलेस्थित सगरमाथा होटलबाट सोमबार राति १२ जनालाई पक्राउ गरेको हो।
जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी इन्स्पेक्टर सुशिल थापा मगरले बताए।
प्रहरीले जुवाको खालबाट करिब ५ लाख रुपैयाँ बरामद गरेको छ। पक्राउ पर्नेहरूलाई इलाका प्रहरी कार्यालय दमक लगिएको छ। उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।










