झापामा लिम्बु समुदायकोसेसेक्पा पर्ब मनाए

IMG-20240717-WA0121

झापा: झापा जिल्लाको भद्रपुर स्थित चन्द्र भानु स्कूलमा लिम्बु समुदायको र विभिन्न समुदायको महान पर्व सेसेक्पा तङनाम साउने सङक्रान्तिको पावन अवसरमा याक्थुङ चुम्लुङ शाखा झापाले सेसेक्पा तङनाम विशेष भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गरी मनाएका छन्l कार्यक्रमको प्रमुख अतिथि याक्थुङ चुम्लुङ केन्द्रका केन्द्रीय अध्यक्ष भक्त मुसुहाङ याक्थुङबाले सो कार्यक्रमलाई सम्बोधन गर्दै धर्म र सस्कृतिको संरक्षण गर्न सबै एक हुन आग्रह गरेl सभा अध्यक्ष झापा जिल्ला याक्थुङ चुम्लुङ अध्यक्ष पदम जेन्जि माबोले सभापतित्व गरेको सो कार्यक्रममा सामाजिक अभियन्ता दिनेश माबो, सुखमाया लाबुङ, जातिय सस्था नेपाल हिन्दू संघ, मङगर सधका प्रतिनिधि समेतको उपस्थिति रहेको थियोl सो अवसरमा विशिष्टअतिथि टेकबहादुर योङहाङसहित राम योङहाङ र छत्र बहादुर माबोहाङले सो क्रममा बोल्दै यो जातीय सस्था हो यो याक्थुङ चुम्लुङ अरू जातिको पनि जातिय सस्था हुन्छ, त्यसैले जातीय सदभाव कायम राख्नु पर्छl

म र त भन्ने शब्द अन्त्य गर्नु पर्छ, जुन सुकै नै धर्म र सस्कारको सम्मान गर्नु पर्ने जनाएl सो कार्यक्रमको सन्चालन पेलि माबोहाङले गरेका थिएl

About Author

Advertisement