झापामा उत्साहजनक मनोनयन, पाँच निर्वाचन क्षेत्रमा ९० उम्मेदवार मैदानमा

IMG-20260120-WA0187

झापा:आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापाको पाँचवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी डिल्लीराम प्रसाईका अनुसार जिल्लामा कुल ९० उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। यसमध्ये २१ वटा राजनीतिक दलका ७३ जना र १६ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
क्षेत्रअनुसार उम्मेदवारहरूको विवरण यस प्रकार छ:
झापा–१: १५ उम्मेदवार (२ स्वतन्त्र)
झापा–२: १८ उम्मेदवार (३ स्वतन्त्र)
झापा–३: १७ उम्मेदवार (२ स्वतन्त्र)
झापा–४: १६ उम्मेदवार (१ स्वतन्त्र)
झापा–५: २४ उम्मेदवार (९ स्वतन्त्र)
प्रसाईले भने, “ठूला दलका नेतादेखि स्वतन्त्र उम्मेदवारसम्मको सक्रियताले झापाको चुनावी माहोल रोचक बनाउने देखिएको छ।”
झापामा आगामी निर्वाचनमा मतदाता र उम्मेदवारबीच प्रतिस्पर्धा तीव्र हुने देखिएको छ।

About Author

Advertisement