झापाको बुद्धशान्तिबाट अनियन्त्रित गाजा सहित एक युवती पक्राउ

IMG-20241222-WA0096

बिर्तामोड़: लागूऔषध गाँजाको कारोबार गरिरहेको अबस्थामा झापाको बुद्धशान्तिबाट प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ।
गएराति ११.३० बजे बुद्धशान्ति गाउँपालिका वडा ३ धिमाल टोलबाट इलाका प्रहरी कार्यालय बुधबारेले सोही ठाउँ बस्ने ६० वर्षीय श्याम धिमालको घर खानतलासी लिँदा उनी सुत्ने कोठाबाट तयारी गाँजा ४ केजी फेला परेको थियो।
गाँजासहित उक्त कोठाबाट भारतीय रुपैयाँ २ हजार ३६०, नेपाली रुपैयाँ ३ लाख ६ हजार ८७०, तराजु-१ थान, ढक ८ वटा, माटोको चिलिम ६७ पिस, लाईटर १० पिस, सुतली डोरी अन्दाजी १० मिटर, प्याकेजिङ प्लाष्टिक ५० पिस, दाउजस्तो कटर चक्कु ३ थान, कैची १ थान, अचानो २ वटा, हतौडा १ थान र मोबाईल १ थानसमेत बरामद भएको थियो।

ती सामानहरुसहित श्याम धिमालकी छोरी २९ वर्षीया दुर्गा धिमाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

About Author

Advertisement