झापाको अर्जुनधारामा प्रहरीले श्रीमतीको हत्या गर्ने एक ब्यक्तिलाई पक्राउ

IMG-20241015-WA0044

झापा (बिर्तामोड़ ): झापाको अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाँडाका भरत कुमालको घर आँगनमा सो वडाको जुंगेघारी बस्ने ४६ वर्षीय बीरबहादुर चौहानले धारिलो हतियारले घाँटीमा प्रहार गरी आफ्नै श्रीमती ३७ वर्षीया मुना भुजेल चौहानको हत्या गरेका थिए।
हतियार प्रहारबाट मुनाको घटनास्थलमै मृत्यु भएको छ। हतियार प्रहार गरी बिरबहादुर फरार भएका थिए। जुकेखाडी सामुदायिक वनको देवीथान होल भन्ने ठाउँमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

About Author

Advertisement