गेजिङ: पश्चिम सिक्किमको गेजिङ र लेगशेपलाई जोड्ने मुख्य सडकमा दर्के झरीले ठूलो प्रभाव पारेको छ। हालैको झरीका कारण रानीबन क्षेत्र र बाँदरे खोल्सा लगायत चार माइलमा बाटो बन्द हुँदा यात्रु र पर्यटकहरूको यात्रा अत्यन्त प्रभावित भएको छ।
स्थानीय प्रशासनले प्रभावित क्षेत्रको निरीक्षण गर्दै समस्या समाधानका लागि प्रयास गरिरहेको छ। सडकको पहिरो र ढिस्कोका कारण यातायात ठप्प बनेको छ, जसले गर्दा यात्रुहरू बिचल्लीमा परेका छन्। पर्यटकहरूले यात्रा योजनामा परिवर्तन गर्नुपरेको छ भने स्थानीय बासिन्दाहरू पनि समस्या झेलिरहेका छन्। स्थानीयले स्थिति सुधार गर्नमा रात्रीको समय भएकाले समस्या भइरहेको छ। यद्यपि, मौसममा सुधार नआएसम्म समस्या समाधानमा चुनौती आउने देखिन्छ।










