दार्जीलिङ। गोरामुमो आर्य ब्लुमफिल्ड रक ऋषिहाट समष्टिको आज साङ्गठनिक सभा बस्यो। सभामा समष्टि सभापति किशोर राईको प्रमुख उपस्तिथिमा समष्टिका सम्पुर्ण प्रतिनिधि बर्गको उपस्थित रहेका थिए। आजको सभामा आर्य शाखाका अध्यक्ष ज्योति थुलुङले पार्टी बिपरित कार्य गर्दै जीटीए चुनावमा आफ्नो उम्मेदवारी दिएर पार्टीको निर्णय प्रति अमान्य गरिएकोमा ज्योति थुलुङलाई पार्टीबाट निष्कासन गर्नुपर्ने सभाले प्रस्ताव पारित गरेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। सभापछि समष्टि प्रबक्ता बिरमन लामाले पत्रकारहरूलाई जानकारी गराउदै भने, हामी जीटीए चुनाव मात्र होइन ब्यवस्थाको विरुद्धमा पनि छौँ। ज्योति थुलुङले पार्टीको निर्देशनलाई अनदेखा गरेका हुन्। पार्टीको अनुशासन भङ्ग गरेका छन् यसकारण पार्टीको सिद्धान्त अनि निर्देशनलाई शिरोपर गर्दै समष्टिले ज्योति थुलुङलाई आजदेखि निष्कासन गरेका छन्। तिनले थप जानकारी दिँदै भने, जीटीएको बैधानिकता माथी उच्च न्यायलयमा आगामी दिनाङ्क २१ जुन २०२२ को दिन सुनवाइ हुने भएको छ र हामी देशको न्यायलय प्रति पुर्ण बिश्वास गर्दछौं। अध्यक्ष मन घिसिङले यसको निम्ति आफ्नो अहम भुमिका निभाएका छन् साथै वहाँले गोर्खाहरूको भविष्य सुनिश्चित गर्नको निम्ति हजारौं परिस्थितिको सामना गर्दै जाति र माटोको निम्ति कार्य गरिरहेका छन्। यसको निम्ति समष्टिको तर्फबाट आभार गर्दै धन्यवाद दिन चाहन्छौ। बर्तमान समयमा गोर्खाहरूको भविष्य सुनिश्चित गर्नको निम्ति स्थायी राजनैतिक समाधान मार्फत वार्ताको पनि शुरुआत भएका छन्। यसलाई सफल बनाउनको निम्ति सम्पुर्ण गोर्खाहरू एक हुन आवश्यक छ। केन्द्र सरकारले पनि अब ढिलाइ गर्न हुँदैन, दार्जीलिङ पहाड, तराई अनि डुवर्सका जनताले स्थायी राजनैतिक समाधान होस् भनी आफ्नो बहुमुल्य भोट दिएका हुन् अब केन्द्र सरकारले यथाशीघ्र न्याय दिनु पर्ने बिरमन लामाले अपिल समेत गरेका छन्। तिनले जनतालाई जीटीए चुनावलाई पुर्ण रुपले खारिज गर्दै स्थायी राजनैतिक समाधानको निम्ति अगि आएर केन्द्र अनि राज्यलाई दबाब दिने कार्य गर्ने अपिल गरेका छन्।










