ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बामा तीन दिवसीय न्युङ्ने पूजा आयोजना गरिने

IMG-20221030-WA0269.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा अवस्थित ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको गुम्बा सञ्चालन समितिको सभा सनबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा नै उक्त गुम्बामा तीन दिवसीय न्युङ्ने आयोजना गरिने निर्णय गरिएको छ। उक्त तीन दिवसीय न्युङ्ने पूजा आगामी १४,१५ र १६ नोभेम्बरको दिन हुने भएको छ। उक्त तीन दिवसीय न्युङ्ने पूजाके लागि नयाँ तदर्थ कमिटी पनि गठन गरियो। उक्त कमिटीमा सभापति दुर्गाप्रसाद तामाङ, सचिव होमबहादुर खड्का, कोषाध्यक्ष वाङ्दी लामा, सह कोषाध्यक्ष जितेन्द्र तामाङ चयन भएका छन्। तीन दिवसीय न्युङ्ने पूजा गुम्बा सञ्चालन समिति, नयाँ तदर्थ कमिटी र गाउँको दुईवटा समाजहरू मिलेर आयोजना गरिने भएको छ। उक्त सभामा ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको प्रमुख लामा चन्द्रवीर लामा उर्फ स्याङदेन म्हेम्हेको विशेष उपस्थिति रहेको थियो। सभामा निर्णय गरिए अनुसार तीन दिवसीय न्युङ्ने पूजामा उपस्थितिको लागि आयोजक समितिलाई आगामी ११ नोभेम्बरभित्र सम्पर्क गर्नु पर्ने तथा भाग लिनेहरू आगामी १३ नोभेम्बरभित्रमा गुम्बामा उपस्थित रहनु पर्ने जानकारी सभापछि पत्रकारहरूसित कुराकानी गर्दै बाघमारा बस्तीस्थित ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको सञ्चालन समितिको पक्षबाट सनबहादुर तामाङले बताएका छन्। उनले तीन दिवसीय न्युङ्ने पूजामा अन्तिम दिन १६ नोभेम्बरको दिन साङ्गे हुने जानकारी गराएका छन्। सनबहादुर तामाङले यो तीन दिवसीय न्युङ्ने पूजामा दार्जिलिङको प्रसिध्द लामा तेञ्जिङ म्हेम्हे उपस्थित हुने भएको जानकारी गराएका छन्।

About Author

Advertisement