ज्ञान बहादुर छेत्रीलाई तुलसी कश्यप स्मृति पुरस्कार

IMG-20230211-WA0263.jpg

गान्तोक: नेपाली साहित्य परिषद र तुलसीराम कश्यप प्रतिष्ठानको संयुक्त पहलमा आज महाकवि तुलसीराम कश्यपको ८४औं जन्मजयन्ती भव्यरूपमा पालन पालन गरियो। राजधानीस्थित नेपाली साहित्य परिषदको प्रेक्षागृहमा आयोजित यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा मुख्यमन्त्रीका सचिव एवम साहित्यकार शंकरदेव ढकाल रहेका थिए भने कार्यक्रमको अध्यक्षता नेसापका अध्यक्ष हरि ढुङ्गेलले गरेका थिए। आजको यस कार्यक्रममा आसमका साहित्यकार ज्ञान बहादुर छेत्रीलाई सातौं तुलसी कश्यप स्मृति पुरस्कारले सम्मान जनाइयो। यस अवसरमा बबिता खालिङ, उषा शर्मा र गोपाल ढकालले कविता वाचन गरेका थिए। सोही प्रकारले महाकवि तुलसी कश्यपको व्यक्तित्व एवम कृतिबारे नरकुमारी सुब्बाले जानकारी गराइन् भने सिक्किमेली कविता साहित्यको विकासमा कवि सन्तबीर लिम्बूको योगदानमाथि डा.सबिता तामाङले वार्ता प्रस्तुत गरिन्। यसरी नै पुरस्कृत व्यक्ति ज्ञान बहादुर छेत्रीको परिचय ज्ञानेन्द्र अधिकारीले दिएका थिए। आजको यस कार्यक्रम अन्तर्गत टीकाराम पराजुलीलाई उनको साहित्यप्रतिको योगदानको कदर गर्दै अभिनन्दन जनाइयो भने होमनाथ मिश्रलाई स्मृति चिन्ह प्रदान गर्दै सम्मान जनाइयो। उक्त कार्यक्रममा तुलसीराम कश्यपद्वारा लिखित पुस्तक समालोचना संग्रहको पनि विमोचन गरियो। सो अवसरमा परिषदका पूर्व अध्यक्ष रुद्र पोड्याल, स्व. तुलसीराम शर्मा ‘कश्यप´की पत्नी हीरालता शर्मा समेत गण्यमाण्य व्यक्तित्व उपस्थित थिए। यस अवसरमा सभाध्यक्ष हरि ढुङ्गेलले सिक्किमेली नेपाली समुदायलाई सर्वोच्च न्यायालयमा दायर एउटा याचिकामा विदेशी परिभाषा हटाएकोमा प्रधानमन्त्री, केन्द्रिय गृह मन्त्री, केन्द्रिय विधि मन्त्री अनि मुख्यमन्त्री पीएस तामाङ गोले प्रति आभार व्यक्त प्रस्ताव प्रस्तुत गरे जसलाई सर्वसम्मतिले पारित गरेको छ।

About Author

Advertisement