दार्जीलिङ: सोनादा पच्याङ समष्टिअन्तर्गत भुटा खेतीको ज्ञान कुञ्ज एकेडेमी स्कूललाई हाम्रो पार्टीको खरसाङ ब्रान्च कमिटीद्वारा आर्थिक सहयोग प्रदान गरेको छ। ज्ञान कुञ्ज एकेडेमी स्कूलमा स्थानीय भूटा खेती गाउँलगायत यसका वरिपरिका विधार्थीहरूले विध्या आर्जन गर्छन्। ज्ञान कुञ्ज एकेडेमी स्कूलले स्थानीय विधार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको देखेर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स स्वयमले विगत दिनमा आर्थिक सहयोग प्रदान गरेका थिए। हाम्रो पार्टी खरसाङ ब्रान्च कमिटीका अध्यक्ष अलफ्रेड तामाङ, सचिव विमल तामाङ, अभिनन्दन रावत, कोषाध्यक्ष सुरक्षा शर्मा, समष्टि सचिव महेन्द्र राई, हाम्रो पार्टी केन्द्रीय कमिटीका सदस्य सुमन बम्जन आदि उपस्थित रहेका थिए।
हाम्रो पार्टीले सोनादा पच्याङ समष्टिको लोवर सोनादा स्थित भूटा खेती गाउँमा बाटो खन्ने कार्य पनि गरिसकेको छ। स्कूल भवनको अवस्था जीर्ण हुँदै गइरहेको हुनाले यसलाई ध्यानमा राख्दै विगतका दिनमा आर्थिक सहयोग प्रदान गरेको बताइएको छl ज्ञान कुञ्ज एकेडेमी स्कूलको संचालन समिति साथै स्थानीय बासिन्दाहरूले हाम्रो पार्टीप्रति आभार प्रकय गरेका छन्।











