न्यू दिल्ली: ज्ञानेश कुमार भारतको नयाँ मुख्य चुनाव आयुक्त नियुक्त भएका छन्।
हालका मुख्य चुनाव आयुक्त राजीव कुमार भोलि सेवानिवृत्त हुँदैछन्।
प्रधानमन्त्रीको अध्यक्षतामा गठित तीन सदस्यीय समितिले नयाँ मुख्य निर्वाचन आयुक्त पदमा ज्ञानेश कुमारलाई नियुक्त गरेको हो। राष्ट्रपतिले यसलाई स्वीकृति दिएका छन्।
उनले १९ फरवरीबाट कार्यभार सम्हाल्नेछन्। उनले मुख्य निर्वाचन आयुक्त राजीव कुमारको स्थान लिनेछन्। यससँगै हरियाणाका मुख्य सचिव विवेक जोशीलाई समितिले नयाँ निर्वाचन आयुक्त नियुक्त गरेकाे छ।
ज्ञानेश कुमारले आईआईटी कानपुरबाट सिविल इंजीनियरिंग र इंस्टीट्यूट ऑफ चार्टेड फानेंनेशियल एनालिटिक्स ऑफ इंडियाबाट बिजनेस फाइनेंस पढ़ेका छन्।
ज्ञानेश कुमारले सिवनिल इंजीनियरिंगपछि सिविल सेवाको बाटो रोजे। उनी १९८८ ब्याचको केरला क्याडरको आईएएस अफिसर हुन्।
पाँच वर्षदेखि ज्ञानेश कुमार गृह मन्त्रालयमा कार्यरत थिए। २०१६ देखि २०१८ सम्म उनले संयुक्त सचिवको पद सम्हालेका थिए। त्यस्तै गरी उनले सन् २०१८ देखि २०२१ सम्म अतिरिक्त सचिवको रुपमा काम गरेका थिए।
यस बाहेक उनले २०२२ सम्म केन्द्रीय मन्त्री अमित शाहको मन्त्रालयमा सचिवको पद पनि सम्हालेका थिए।
केन्द्रले मार्च २०२४ मा ज्ञानेश कुमारलाई निर्वाचन आयुक्तको रूपमा नियुक्त गर्ने घोषणा गरेको थियो। यसपछि निर्वाचन आयोगले लोकसभा चुनावको घोषणा गरेको थियो।
मुख्य निर्वाचन आयुक्तको रुपमा ज्ञानेश कुमारको कार्यकाल २६ जनवरी २०२९ सम्म रहनेछ।
यस अवधि उनको कार्यकालमा २० वटा विधानसभा चुनाव हुनेछ। यसबाहेक २०२७ को राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन र २०२९ को लोकसभा चुनाव पनि उनको कार्यकालमा हुनेछ।









