ज्ञानू राणादीर्घ साधना सम्मान

IMG-20240515-WA0140.jpg

झापा: वुमेन्स एरा एण्ड मीडिया ग्रुप नेपालको आयोजनामा चौथो संस्करणको हिमालयन अन्तराष्ट्रीय अवार्ड सम्पन्न भएको छl कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री हरि प्रसाद उप्रेतीले ख्यातिप्राप्त गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरेl सिक्किमका साहित्यकार जीवन शर्मालाई हिमालयन गीत/संगीत बिशेष सम्मान र फ़िल्म निमात्री तथा अभिनेत्री रुश्मा राईलाई हिमालयन फ़िल्म बिशेष सम्मानबाट सम्मानित गरिएको कार्यक्रममा पत्रकार बिजय रत्न तुलाधरलाई नगद दश सहित हिमालयन पत्रकारिता रजत सम्मान, पत्रकार शांतिप्रियलाई हिमालयन पत्रकारिता बिशेष सम्मान, बिजय देवकोटालाई हिमालयन पत्रकारिता सम्मान र किरण प्रसाद अधिकारीलाई मोफ़सल पत्रकारिता सम्मान प्रदान गरिएको थियोl

About Author

Advertisement