ज्ञानका प्रमुख एंव अधिवक्ता बिरेन्द्र रसाईली पितृ शोकमा

IMG-20241108-WA0213

सोनादा: गाेर्खा युथ एक्टिभिष्ट नेटवर्क (ज्ञान) का प्रमुख संयोजक, सामाजिक एवं राजनैतिक अभियन्ता साथै अधिवक्ता बिरेन्द्र रसाईली पितृ शोकमा परेका छन्। उनका पिता भूतपूर्व प्रधानाध्यापक दिलीप कुमार रसाईलीले ७४ वर्षको उमेरमा सिलगढीको एक निजी अस्पतालमा अन्तिम श्वास लिएका छन्। गत लामो समयदेखि श्वाससम्बन्धी रोगले ग्रसित स्व रसाईली सिलगढीस्थित एक नर्सिङ होममा उपचारको क्रममा बिहीबार राति लगभग ११:३० बजी स्वर्गवास भएका हुन्। उनले आफ्नो समयमा गोर्खा जातिको उत्थान र पहिचानको युद्ध पनि एक सशक्त योद्धाको रुपमा लडेर योगदान दिएका थिए। उनी मृत्युपर्यान्त सामाजिक अनि राजनैतिक रुपमा सजक थिए। उनको मृत देहलाई हाल निजी निवास दार्जिलिङको सोनादा क्षेत्र अन्तर्गत मिलिङ चियाबारी लगिएको छ। उनले आफूपछि पत्नी, दुई छोराहरू अनि बुहारीहरू, दुई छोरी अनि ज्वाईहरू लगायत नाता-नातिनीहरू छाडी गएका छन्। उनको पार्थिव शरीरलाई अन्तिम संस्कार शनिवार दिउँसो १ बजेतिर मिलिङस्थित निजी वासस्थानमा सम्पन्न गरिने पारिवारिक सूत्रबाट जानकारी प्राप्त भएको छ।

About Author

Advertisement