जौटारमा स्पेशियल ओलम्पिक भारत सम्पन्न

FB_IMG_1734027860951

सोरेङ: दिव्याङ्गजन सिक्किम च्याप्टरको निम्ति आज सोरेङ जिल्लाको जौटार खेलमैदानमा जिल्लास्तरीय स्पेशियल ओलम्पिक भारत आयोजना गरियो। स्पेशियल ओलम्पिक भारतले शिक्षा विभागको संयुक्त तत्वावधानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा मुख्य अतिथि थिए।
यस अवसरमा शटपुट, १०० मिटर र ५० मिटर दौड आदि खेलकुद गतिविधिहरू आयोजना गरियो। मुख्य अतिथि शर्माले आयोजकहरूलाई बधाई दिॅंदै प्रतिभागीहरूलाई भविष्यमा पनि यस्ता गतिविधिहरूमा संलग्न बन्न प्रोत्साहित गरे। उनले खेलकुदका साथै आफ्नो शिक्षामाथि पनि ध्यान दिन सुझाउ दिए।
जिल्लापाल धिरज सुबेदीले स्पेशियल ओलम्पिक भारतमाथि प्रकाश पार्दै प्रतिभागीहरूलाई खेलकुदको भावना कायम राख्न र आफुलाई अझ अगाडि बढाएर लैजाने प्रोत्साहित गरे। स्पेशियल ओलम्पिक भारतका अध्यक्ष कुबेर शर्माले कार्यक्रमको बारेमा जानकारी गराएका थिए।

About Author

Advertisement