लण्डन: ईंग्ल्याण्डका विध्वंशी ब्याटर जोस बटलरले टी२० क्रिकेटमा नयाँ इतिहास रचेका छन्। द हण्ड्रेड टुर्नामेण्टमा म्यानचेष्टर सुपर जाइण्ट्सबाट खेल्दै उनले वेष्ट इण्डिजका दिग्गज कायरन पोलार्डलाई पछि छोड़ेर टी२० क्रिकेट इतिहासमा सर्वाधिक रन बनाउने ब्याटर बन्ने उपलब्धि हासिल गरे। यस उपलब्धिपछि बटलरले यस्तो बयान दिएका छन्, जसले भारतीय क्रिकेटप्रेमीहरूका ध्यान आकर्षित गरेको छ। वेल्स फायरविरुद्ध म्याचमा बटलरले केवल २० बलमा अविजित ५१ रनको आक्रामक ईनिंग्स खेले। यस अवधि उनले २ वटा चौका र ६ वटा छक्काको साथ २५०-को स्ट्राईक रेटले रन बटुले। यस अर्द्धशतकको साथ बटलरको टी२० क्रिकेटमा १४,८३३ रन पुग्यो। यसरी उनी टी२० क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर बने। यस मामिलामा उनले पोलार्ड (१४,८०३ रन)-लाई पछि छोड़े। यसअघि यो रेकर्ड लामो समयसम्म वेष्ट इण्डिजका दिग्गज क्रिस गेलको नाममा रहेको थियो, जसले यस प्रारूपमा १४,५६२ रन बनाएका छन्। बटलरले ५२२ वटा टी२० म्याचमा ९ वटा शतक र १०५ वटा अर्द्धशतकको साथ यस उपलब्धिलाई हासिल गरे। रेकर्ड आफ्नो नाम गरेपछि बटलरले यस उपलब्धिलाई उनको निम्ति खास बताउनको साथै भविष्यमा कसै न कसैले यस रेकर्डलाई तो़डने भरोसा व्यक्त गरे। उनले विशेषगरी भारतका युवा ब्याटर वैभव सूर्यवंशीको नाम उल्लेख गरे। बटलरले भने, टी२० क्रिकेटमा सर्वाधिक रन बनाउने रेकर्ड मेरो नाममा रहेको सोच्दा खुशी लाग्छ। एक न एक दिन कसैले यस रेकर्डलाई पनि तोड़नेछन् अनि शायद त्यो नाम वैभव सूर्यवंशी हुनेछ। अहिलेको निम्ति चाहिँ यो मेरो निम्ति गर्वको क्षण हो।
यसको साथमा बटलरले गत केही महिनादेखि उनको प्रदर्शन असल नरहेको स्वीकार गर्दै उनले हार नमानेर निरन्तर मेहनत गरेको बताए। उनले भने, क्रिकेटमा अल्प समयमै सबैथोक बदलिन्छ। केही महिना अघिसम्म म आफ्नो लयको निम्ति संघर्ष गरिरहेको थिएँ तर गत केही हप्तादेखि मलाई आफ्नो करियरको सबैभन्दा असल ब्याटिंग गरिरहेको जस्तो लाग्दैछ। कठिन समयहरूमा तपाईंसँग केवल २ वटा विकल्प हुन्छ- हार मान्ने या नयाँ ऊर्जा र दृढ़ संकल्पको साथ पुनरागमनको कोशिश गर्ने। मैले दोस्रो बाटो रोजे अनि त्यसैमा ध्यान केन्द्रित गरे।










