जोरबङलो सुकेपोखरी खण्ड बिकास कार्यलायको आयोजनामा वन महोत्सव पालन

IMG-20230720-WA0311.jpg

जोरबङ्लो: जोरबङलो सुकेपोखरी खण्ड बिकास कार्यलायको आयोजनामा वन महोत्सव पालन टुङ्गलु परिसरमा गुराँसको बिभिन्न विरुवा रोपेर सम्पन्न गरियो।जोरबङलो सुकेपोखरी खण्ड बिकास कार्यालयको तत्वधानमा आज टुङ्गलु परिसरमा गुराँस अनि बिभिन्न प्रजातिको बिरूवा रोप्न कार्य सम्पन्न गरियो। यस स्थानमा बिभिन्न प्रजातिको बृक्ष रोप्न कार्य निरन्तर भइरहेका छ। आज जोरबङलो सुकेपोखरी खण्ड बिकास अधिकारी सामीरूल इस्लाम, खण्ड बिकास कार्यालयका बिभागिय अधिकारी छिरिङ वाङदी शेर्पा लगायत खण्ड बिकास कार्यलायको अधिकारीहरु अनि ग्राम पन्चायत कर्मचारी, स्थानीय नागरिक, समाजसेवीहरूको उपस्थिततिमा कार्यक्रम आयोजना गरी बिरूवा रोप्न कार्य सम्पन्न गरियो।

About Author

Advertisement