जोरथाङ माघे संक्रान्ति मेलाः २१ समुदायबीच क्लासिक परम्परागत प्रदर्शनी तयारीमा समन्वय बैठक

IMG-20260102-WA0127

जोरथाङ: जोरथाङमा २०२६ मा आयोजना हुन लागेको ७१औँ माघे संक्रान्ति मेलाका लागि क्लासिक परम्परागत प्रदर्शनी तयारीलाई लिएर आज राजधानीको एक होटलमा सिक्किमका २१ समुदायका प्रतिनिधिहरूको समन्वय बैठक आयोजना गरिएको छ।
मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङको अध्यक्षतामा सम्पन्न बैठकमा इकोसका अध्यक्ष डा. एसके राई, सिक्किम कला, संस्कृति एवं धरोहर विकास बोर्डका अध्यक्ष संजय दिलपाली राई, संस्कृति विभागका ओएसडी भवानी घिमिरे, २१ समुदायका प्रतिनिधि र आयोजक समितिका सदस्यहरू सहभागी थिए।
बैठकमा क्लासिक परम्परागत प्रदर्शनीलाई सिक्किमको समृद्ध र विविध सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने मञ्चको रूपमा प्रस्तुत गर्न केन्द्रित छलफल गरिएको थियो। सहभागीहरूले प्रदर्शनीको सफल सञ्चालनका लागि आवश्यक समन्वय रणनीतिहरूमा विचार-विमर्श गरेका र आफ्नो सक्रिय सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिहरूले सामूहिक रूपमा मुख्यमन्त्रीको दृष्टिकोणको प्रशंसा गर्दै सिक्किमका जनतामाझ परम्परागत संस्कृति र सामाजिक एकता प्रवर्द्धनमा उनको नेतृत्वप्रति कृतज्ञता व्यक्त गरेका छन्।

About Author

Advertisement