जोरथाङमा लोक कथा वाचन कार्यक्रम सम्पन्न

IMG-20240717-WA0003

जोरथाङ: जोरथाङ ग्रीन पार्कस्थित क्रिएटिभ हब २.० मा सञ्चालन भइरहेको लोक कथा वाचन कार्यक्रम आज सम्पन्न भएको छ। समापन समारोहमा मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
समापन समारोहमा अखिल सिक्किम छेत्री बाहुल संघका प्रतिनिधि हरिभक्त शर्मा र अखिल सिक्किम अनुसूचित जाति कल्याण बोर्ड संघका प्रतिनिधि संजय पोर्तेलले कथा वाचन प्रस्तुत गरे। पोर्तेलले ‘तीन जातिको कथा’ र ‘दन्ते र सत्य कथा’ सुनाएका थिए भने शर्माले ‘घमण्ड’ शीर्षकको कथा वाचन गरेका थिए।
प्रमुख अतिथि तामाङले कार्यक्रममा सम्बोधन गर्दै राज्यका मुख्यमन्त्रीको सांस्कृतिक तथा रचनात्मक क्षेत्रप्रतिको दूरदर्शी दृष्टिकोणको प्रशंसा गरे। उनले कथा वाचकहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै पढ्ने संस्कृति र लोक कथाको संरक्षण तथा प्रवर्द्धनका लागि मञ्च उपलब्ध गराएकोमा सूचना तथा जनसम्पर्क (आईपीआर) विभागको प्रयासको सराहना गरे।
तामाङले सांस्कृतिक संरक्षणको महत्त्व औँल्याउँदै परम्परा र सांस्कृतिक सम्पदालाई अर्थपूर्ण ढंगले भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले कुनै पनि समुदाय वा जाति त्यतिबेला बलियो बन्ने उल्लेख गर्दै त्यसका लागि आफ्नो इतिहास र सांस्कृतिक सम्पदाको सही बुझाइ र संरक्षण अपरिहार्य हुने धारणा व्यक्त गरे।

About Author

Advertisement