जैविक सब्जी उत्पानबारे तालिम आयोजित

IMG-20220910-WA0150.jpg

गान्तोक: आईसीएआर सिक्किम क्षेत्रीय केन्द्रले बायोटेक किसान अन्तर्गत सब्जीहरूको खेतीबारे प्रशिक्षण, प्रदर्शन र सामान वितरण कार्यक्रम सम्पन्न गऱ्यो। सिक्किम केन्द्र र पूर्वी सिक्किम कृषि विकास केन्द्रले कार्यक्रमको आयोजन गरेको हो। केन्द्रको अनुसन्धान कम्प्लेक्सले संयुक्त रूपमा बायोटेक किसान परियोजना अन्तर्गत एक दिने तालिम, प्रदर्शन गरेको हो। कार्यक्रममा गाउँका २० जना प्रगतिशील किसानहरुको सहभागिता रहेको थियो। कार्यक्रमको शुरुवात डा. सुदीप कृषले स्वागत मन्तव्यबाट गरेका थिए। पूर्व जिल्लाका किसानहरूको कल्याणको लागि यो कार्यक्रम आयोजन गरेको थियो। सिक्किमका किसानहरूको कल्याणको लागि यस्तो लाभदायक कार्यक्रम सञ्चालन गरेकोमा बायोटेक किसानको सम्पूर्ण टोलीबाट आभार व्यक्त गरियो। कार्यक्रममा डा. सुदीप कृषले कम लागतको पोली टनेल अन्तर्गत उत्पादन गर्ने प्रविधिको बारेमा बताएका थिए। उत्पादन प्रविधिहरू र जैविक तरकारी उत्पादनको लागि जैविक मलको तयारी र प्रयोग प्रविधिहरूबारे बताए। सहभागी कृषकहरुलाई मटर, धनियाँ, बन्दाकोबी, ब्रोकाउली, प्याज, मूला, गाजर, टमाटर जैविक मलबारे जानकारी गराइयो। गुणस्तरीय बीउ वितरण पनि गरिएको थियो। कार्यक्रममा कृषक र वैज्ञानिकबीच अन्तरक्रिया सत्र पनि गरियो।

About Author

Advertisement