भद्रपुर: जेष्ट नागरिक संघ भद्रपुर नगर समितिले आज बिहिबार जिल्ला समन्वय समितिको सभा हलमा कार्यक्रमको आयोजना गरी नगर क्षेत्रका ६० बर्ष माथिका अपांग जेष्ट नागरिक र असल स्याहारकर्ताहरुलाई सम्मान पत्र र सामाग्रीहरु बितरण गरेको छ।
संघ भद्रपुर नगर अध्यक्ष हेम प्रसाद खनालको अध्यक्षतामा भएको सो कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख गणेश पोखरेलले जेष्ट नागरिक लक्षित कार्यक्रम संचालन गरेर नगरपालिका ब्दारा सम्मान गर्ने कार्यक्रम योजनाबद्ध रूपमा भए पनि आगामी दिनमा जेष्ट नागरिकहरुलाई घर दैलोमा स्वास्थ्य सेवा पुरयाउने लक्ष्य रहेको बताए। कार्यक्रममा नगर उप प्रमुख राधा कार्कीले जेष्ट नागरिकहरुको सम्मान उनीहरु प्रतिको सेवा भाव प्रकट गरेर मात्र नभई देव तुल्य सेवा गर्नाले पूरा हुने बताइन् कार्यक्रममा जेष्ट नागरिक संघ जिल्ला उपाध्यक्ष सूर्य नारायण गणेश, सुशील निरौला, वड़ा अध्यक्ष राम कड़ेल लगायतका वक्ताहरुले जेष्ट नागरिकको सम्मान समाजको प्रमुख दायित्व भएको बताए l कार्यक्रमको संचालन संघका नगर सचिव ईश्वर पोखरेलले गरेका थिएl










