कालचिनी: दक्षीण साताली जोइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटीको पक्षबाट आज १०० जना गाउँलेहरुलाई हात्तीको उत्पातबाट बाँच्न सर्चलाइट वितरण गरिएको जानकारी जेएफएमसी कमिटीको सभापति चन्द्रा नार्जीनारीले दिएका छन।
दक्षीण साताली जेएफएमसी अन्तर्गत ४५२ परिवार रहेको र गत केही दिन अघि मात्र १०० परिवारलाई सर्चलाइट वितरण गरिएको र अझै रहल गाउँलेहरुलाई सर्चलाइट वितरण गरिने चन्द्रा नार्जीनारीले थप जनाएकी छन।
आज उक्त अवसरमा मन्थराम बीट अधिकारी राजीव चक्रवर्ती लगायत अन्यान्य जेएफएमसी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।









