सिलगढी: साथीलाई कुटपिट गरेको आरोपमा भक्तिनगर थाना पुलिसले उसकै साथीलाई पक्राउ गरेको छ भने अर्का साथी फरार रहेको बताइएको छ। अभियुक्तको नाम अजय विश्वास हो। यसैबीच पुलिसले फरार साथी सञ्जय विश्वासको खोजी शुरु गरेको छ।
प्रहरी स्रोतका अनुसार गत डिसेम्बर ९मा भूपेन्द्रनगरमा अजय विश्वास र सञ्जय विश्वास नामका दुई दाजुभाइको समीर देसँग जुवा खेल्ने विषयमा विवाद भएको थियो। दुवै दाजुभाइले समीरमाथि धारिलो हतियार प्रहार गरेको आरोप छ। जसमा समीर गम्भीर घाइते भएका छन्। त्यसपछि घाइते समीरका तर्फबाट पुलिस चौकीमा लिखित उजुरी परेको थियो।
उजुरी परेपछि पुलिसले तत्काल कारबाही गर्दै अजय विश्वासलाई पक्राउ गरेको थियो। जबकि उनका भाइ सञ्जय विश्वास पुलिसको पहलबाट बाहिर छन्। पुलिस उनको खोजीमा व्यस्त छ। पक्राउ परेका अजय विश्वासलाई शुक्रबार जलपाईगुडी अदालतमा पेश गरिएको थियो। पुलिसले घटनालाई लिएर अनुसन्धान गरिरहेको छ।










