मालदा: मालदाको बाढी प्रभावित क्षेत्रमा जुनियर डाक्टरहरूद्वारा ‘अभय क्लिनिक’ संचालन भइरहेको छ। मालदा मेडिकल कलेजको जुनियर डाक्टर्स एण्ड रेजिडेन्ट डाक्टर्स एसोसिएशनको पहलमा माणिकचक ब्लकको भूतनी थाना क्षेत्रको अमतला नन्दितोला हाईस्कूल परिसरमा ‘अभया क्लिनिक’ संचालन भइरहेको छ। गंगाको कटान र बाढीका कारण करिब डेढ महिनादेखि पानीमा फसेका यस क्षेत्रका बासिन्दालाई आज यहाँ उपचार गराइएको छ। यस दिन ‘अभया क्लिनिक’मा दशवटा विभागका सिनियर र कनिष्ठ चिकित्सकले बिरामीको सेवा गर्नुका साथै निःशुल्क औषधी पनि वितरण गर्दै आएका छन्। यससँगै मालदा मेडिकल कलेज अस्पताल जुनियर डाक्टर र रेजिडेन्ट डाक्टर एसोसिएसनले मालदा जिल्लामा अहिलेसम्म तीनवटा क्लिनिक खोलेको छ।










