जीरो महोत्सवमा सिक्किमको सांस्कृतिक प्रस्तुति

IMG-20250928-WA0137

गान्तोक: सिक्किम सरकार र अरूणाचल प्रदेशको सहकार्यमा आयोजित १३औं जिरो फेस्टिभलको आज समापन भयो। कार्यक्रमको चौथो दिन राज्यका कलाकारहरूले सिक्किमको सांस्कृतिक नृत्य प्रस्तुत गरे। विशेष गरेर चौथो दिनको प्रस्तुतीले राज्यका तीन प्रमुख समुदायहरू भोटिया, लेप्चा र नेपालीको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो। जसले तीन समुदायको अद्वितीय परम्परालाई सद्भावमा प्रस्तुत गरेको थियो। यो सांस्कृतिक प्रस्तुतिले प्रत्येक समुदायको विशिष्ट पहिचानलाई मात्र चिन्हित नगरेर एकताको भावनालाई पनि उजागर गर्योक। जसले सिक्किमको एकताको समृद्ध सम्पदाको प्रतिबिम्बित गरेको थियो। उक्त कार्यक्रममा सिक्किम राज्यको सिङ्घी नृत्य प्रस्तुत गरियो। जुन स्नो लाइन नृत्यकोरूपमा चिनिने गरिन्छ।

About Author

Advertisement