जीपीयूहरुमा जीएसटी कार्यन्वयनमाथि कार्यसाला

IMG-20250129-WA0189

गान्तोक: राजधानीस्थित चिन्तन भवनमा आज सिक्किम सरकारको वित्त विभागको वाणिज्य कर विभागले ग्राम पञ्चायत युनिटमा वस्तु तथा सेवा कर कटौती र जीएसटीआर-७ फारममाथि कार्यशाला आयोजना गर्योस। कार्यशाला स्थानीय निकायहरूमा जीएसटी नियमबारे जागरुकता बढाउने र स्थानीय स्तरमा कर नियमहरूको सहज कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै पञ्चायती राज संस्थाका सचिव दुष्यन्त परियारले वित्तीय जवाफदेहिता सुदृढ पार्न कार्यशालाको महत्त्वमाथि प्रकाश पारे। उनले प्रत्येक ग्राम पञ्चायत यूनिटहरूले सरकारी कोष व्यवस्थापन गर्ने र विकास परियोजनाहरू कार्यान्वयन गर्ने हुँदा, पारदर्शिता सुनिश्चित गर्न र कर-सम्बन्धित अनियमिततालाई रोक्न जीएसटी प्रक्रियाबारे स्पष्ट पारे। यस कार्यक्रमले सहभागीहरूलाई अत्यधिक लाभ दिने आशा व्यक्त गर्दै उनले सबैलाई प्राप्त ज्ञानलाई प्रभावकारी रूपमा लागू गर्न र आ-आफ्नो जीपीयूमा जीएसटी कटौती उपायहरू लागू गर्न आग्रह गरे। सोही प्रकारले वाणिज्य एवम कर विभागका आय़ुक्त मनोज राईले कर कटौती र जीएसटीअन्तर्गत नियमबारे जानकारी गराए। उनले जीपीयूको भुक्तानी गर्ने अधिकारीको महत्वपूर्ण भूमिकाबारेमा पनि विस्तृत रूपमा जानकारी गराए। उनले कर नियमहरूको पालन सुनिश्चित गर्ने कुरामा पनि जोर दिए।

About Author

Advertisement