जीटीए स्कूल सर्भिस कमिशन उपलब्धिको निम्ति अनित थापालाई धन्यवाद

IMG-20240126-WA0219.jpg

मिरिक: जीटीए स्कूल सर्भिस कमिशन उपलब्धिको निम्ति मिरिक पञ्चायत समितिको सदस्य समीर राईले जीटीएको प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएका थिए। उनले प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘जीटीए क्षेत्रका शिक्षा व्यवस्था गुणस्तर सुनिश्चित गर्नका निम्ति पहाडको दीर्घकालीन माग क्षेत्रीय स्कूल सर्भिस कमिशन थियो। जीटीए प्रमुख कार्यपाल अनित थापा लगायत जीटीए शिक्षा विभागको दुरदर्शिता एवं असल नेतृत्वको कारण गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले ऐतिहासिक उपलब्धि क्षेत्रीय स्कूल सर्भिस कमिशन पाउन सफल बनेको छ। पहाडका शिक्षित एवं योग्य युवाहरूले जीटीए क्षेत्रीय एसएससीमार्फत् शिक्षा क्षेत्रमा प्रवेशको समान अवसर प्राप्त गर्नका साथै पहाडका विद्यार्थीहरूले गुणवत्तापूर्ण शिक्षा प्राप्त गर्नेछन् भन्ने कुरामा विश्वस्त छु। प्रमुख कार्यपाल अनित थापाको असल नेतृत्वमा पहाडले अझ अभूतपूर्व उपलब्धि प्राप्त गर्दै जानेछ तथा पहाडले आफ्नो धरातल मजबुत गर्दै जानेछ भन्ने कुरामा विश्वस्त छु। उक्त उपलब्धिकाे लागि जीटीए प्रमुख कार्यपाल अनित थापा लगायत सम्पूर्णमा आभार प्रकट गर्दै गणतन्त्र दिवसको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

About Author

Advertisement