जीटीए सात सदस्य टोलीकाे राज्य हर्टिकल्चर विभागका मन्त्री अनि सचिवलाई भेट

IMG-20230331-WA0084.jpg

काेलकाता: जीटीए सिन्कोना विभाग एवं सिचाई विभागका भारप्राप्त कार्यकारिणी सभासद रतन थापाले सिन्कोना बगानको श्रमिकवर्गको बेसिक -पे बडोत्तरी झट्ट हुनुपर्ने अनि सिन्कोना बगान श्रमिकवर्गको पद्दोनती झट्ट लागुगर्न पर्ने सन्दर्भमा राज्यका हर्टीकल्चर मन्त्री अनि सचिव सित भेट गरेर बैठक गरेपछि आज एक पत्रकार सम्मेलन गरेर जानकारी गराए।
आफू जीटीए सिचाई विभागको सभासद रहेको कारण यस विभाग मन्त्री मानस भुईया सित भेटेर पहाडमा धेरैवाट योजना लेउन सफल रहेको र अन्य योजनाहरु आगामी अप्रेल महीना सम्म हुने कुरा बताए।बिशेष जीटीए सिचाई विभागबाट जलतीर्थ परियोजना अन्तरगत २६ वाट परियोजनाको ब्लुप्रीन्ट राज्य सरकार समक्ष पठाएको जसमा ६ वाटको रकम अवनटित भएर आईसकेको अनि अन्य २० वाट परियोजनाको रहल रकम्वआगामी ६ अप्रेल भित्र आउने कुरा सभासद थापाले औगत गराए।
जीटीए कार्यकारिणी सिन्कोना एवं सिचाई विभाग सभासद रतन थापा सभासद नामग्यल भुटिया,कार्यकारिणी सभासद हर्कामान छेत्री,युनियनका कानुनी सल्लाहकार तिलकचन्द्र रोका,युनियन केन्द्रिय सभापति गगन राई,सचिव जीवन कुमार राई अनि युनियन सल्लाहकार रतन लामा गरि सात जनाको टोलीले कोलकोत्तामा पुगी मन्त्री अनि सचिव सित भेट गरेको कुरा बताउँदै सिन्कोना श्रमिकको समस्य समाधानको निम्ति लगातार रुपमा फेरि पनि कोलकोत्ता पुगेर मन्त्री भेट गर्ने कुरा सभासद थापाले जनाए।

About Author

Advertisement