जीटीए सभामा विपक्षीहरुले आफ्नो पक्ष राख्न नपाएको हाम्रो पार्टीको सभासद रुबेनदास प्रधानको आरोप

IMG-20220920-WA0158.jpg

दार्जीलिङ: नियम नभएको जीटीए सभामा विपक्षीहरूले आफ्नो पक्ष राख्न पाएनन् भनी हाम्रो पार्टीको सभासद रुबेनदास प्रधानले आरोप लगाएका छन्। जीटीए सभाको पहिलो सभामा निर्वाचित सभासदहरूलाई केवल तीनवटा विषय बस्तुहरूको उल्लेख गरेका नोटिस जारी गरिएको थियो तर जीटीए सभामा ५५ वटा विषयहरु पेश गर्ने कार्य भयो भनी हाम्रो पार्टीको निर्वाचित सभासद रूबेन दास प्रधानले आरोप लगाएका छन्। उनले भने, जीटीएको वार्षिक हिसाब किताब एंव २०११,२०१२-को हिसाब किताबलाई अनुमोदन गर्ने भन्ने विषयबारे कुरा उठाउँदै उनीहरु सत्तामा छ। निर्वाचित सबै सभासद्हरूलाई २०११ र २०१२ को हिसाब किताब थाहा थियो थिएन तर सत्ता पक्षका सभासद्हरूले समर्थन जनाए।कुनै पनि हिसाब किताब पारित गर्नभन्दा पहिला त्यसमाथि अध्ययन गर्ने सबैलाई समय एंव मौका दिनुपर्छ तर त्यस्तो कुनै कार्य भएन।’
उनले अझ भने, ‘एकसय पन्नाको दस्तावेजमाथि पाँच मिनट हेरेर यो ठीक हो भन्नु कदापि मिल्दैन। जीटीए सभामा पेश गरेको प्रस्तावहरुमाथि आफूहरूले कुनै समर्थन अथवा विरोध केही नजनाएको अनि जीटीएको नियम बनिएको छैन। जीटीएको नियम बनिनुपर्छ अनि जीटीए सभा हुनभन्दा एक सप्ताह पहिला हामीलाई सभामा पेश गरिने विषय वस्तुहरूको प्रतिलिपि दिनुपर्छ त्यसपछि हामी ती विषय बस्तुहरूमाथि आफ्नो पक्ष राख्नेछौं।’

About Author

Advertisement