जीटीए सभाको साधारण सभामा सात बुँदे प्रस्तावहरू पारित

IMG-20230410-WA0236.jpg

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आज भएको साधारण सभामा विभिन्न विषयहरूमा सात बुँदे प्रस्तावहरू पारित गरिएको छ। आज भएको जीटीएको सभा विषयमा जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहानले जानकारी गराएका छन्। उनले जानकारी गराउँदै भने, ‘विपक्षले वाक् आउट गरेको होइन। सभामा एजेण्डामाथि बहस समाप्त भई सकेको थियो। गोर्खालाई बङ्गालको विधान सभामा एक मन्त्रीले इन्फ्लक्स भनेको कुरा राजनैतिक बयान हो भनेर सभामा कसैले पनि भनेन्।’

जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले सभामा ७ वटा एजेण्डाहरूमाथि बहस भएपछि विपक्षीकाहरुले प्रस्ताव राखेका थिए भन्दै प्रस्तावको जवाब नै नसुनी उनीहरू जुरुक्कै उठे अनि निस्केको बताएका छन्। उनले आजको सभामा सात बुँदे प्रस्तावहरू पारित गरिएको जानकारी गराएका छन्।

About Author

Advertisement