जीटीए-मा विभागहरूको स्थानान्तरण सम्बन्धि सल्लाहकार समितिको बैठक सम्पन्न

IMG-20250318-WA0194

दार्जिलिङ: जीटीए सभाले जीटीएमा विभागहरूको स्थानान्तरण सम्बन्धि सल्लाहकार समितिको आज बैठक बस्यो। बैठक दिउँसो २.०० बजे लालकोठीस्थित सम्मेलन कक्षमा सम्पन्न भयो।
जीटीए मुख्य कार्यपाल अनित थापाको निर्देशमा सभा डाकिएको सूत्रले बताएको छ। गत २४ अक्टोबर २०२४ मा भएको जीटीए सभाको बैठक र जीटीए ऐन, २०११ को धारा २६ को प्रावधान अनुसार जीटीएमा विभागहरूको स्थानान्तरण सम्बन्धि सल्लाहकार समिति गठन गर्ने सम्बन्धी सभाको प्रस्ताव र सम्बन्धित विभागहरूद्वारा जारी सूचनाको आधारमा आजको बैठक डाकिएको थियो।

सल्लाहकार समितिका सदस्यहरुमा कमल सुब्बा, सदस्य, जीटीए सभा, प्रमोष्कर ब्लोन सदस्य, जीटीए सभा प्रणाम रसाइली, सदस्य, जीटीए सभा, विनय तामाङ, सदस्य, जीटीए सभा, रुबेन दास प्रधान, सदस्य, जीटीए सभा, ज्योति कुमार राई, अध्यक्षका सल्लाहकार, जीटीए सभा, सुदेन टी भुटिया, सचिव, जीटीए, सोनम भुटिया, कार्यकारी निर्देशक, जीटीए, साम्देन डुक्पा, कार्यकारी निर्देशक, जीटीए रहेका छन्।

About Author

Advertisement