मङ्पु: मङ्पुको चौरास्तामा राति आगो लागेर छवटा घर ध्वस्त भएको स्थानमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा आज अग्नि पीडितलाई भेट्न मङ्पुको चौरस्ता पुगेका थिए।
पीडित पक्षले आफूले लगाएको लुगाबाहेक अरु केही बचाउन सकेनन्। उनको भ्रमणको समय स्थानीय खण्ड विकास अधिकारी पनि उपस्थित थिए।

यस भ्रमणको समय उनले भने, खण्ड विकासले पीडित पक्षलाई पीडितको आग्जनीमा ध्वस्त भएको घर पुनर्निर्माण गर्न सहायता दिनेछन् तर सरकारले दिने रकम थोरै रहने कुरा उनले जानकारी दिए त्यसर्थ मैले पीडितलाई वचन दिएको छु कि घर पुनर्निर्माण गर्न रहल रकम म थपेर दिनेछु।’








