जीटीए प्रमुख अनित थापाद्वारा घुम्ती चियाबारीमा भूतपूर्व सैनिक भवन र सार्वजनिक भवनको शिलान्यास

IMG-20260220-WA0088

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले तीनधारे महानदी समष्टि अन्तर्गत घुम्ती चियाबारीमा भूतपूर्व सैनिक भवन र घुम्ती कमानको लागि सार्वजनिक भवन निर्माणको लागि शिलान्यास गरेका छन्। उक्त भूतपूर्व सैनिक भवन र स्थानीय सार्वजनिक भवनको शिलान्यास गर्न घुम्ती चियाबारी पुगेका जीटीए प्रमुख अनित थापालाई स्थानीयहरु र महानदी शाखा एक्स सर्भिमेन अनि विडो वेलफेयर एसोसिएसनको पदाधिकारीहरुले स्वागत जनाएका थिए। यस अवसरमा उनलाई भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन महानदी शाखाको सभापति हेमेन्द्र देवान, सचिव कृष्ण प्रधान, सल्लाहकार श्यामकुमार खवास लगायत अन्यहरुले फूल गुच्छा प्रदान गरेर स्वागत जनाएका थिए। यस अवसरमा घुम्ती चियाबारीमा भूतपूर्व सैनिक भवन तथा सार्वजनिक भवनको पूजा अर्चनासहित क्षेत्रीय सभासद नवराज छेत्री र जीटीए प्रमुख अनित थापाको बाहुलीबाट सम्पन्न गरिएको छ‌। यस शिलान्यास कार्यक्रमलाई संगठनको सल्लाहकार श्यामकुमार खवासले सञ्चालन गरेका थिए।

उल्लेखनीय छ घुम्ती कमानमा जीटीए अधीनस्थ सिँचाई विभाग खरसाङको तर्फबाट भूतपूर्व सैनिक भवन २४ लाख ८८ हजार रुपियाँमा निर्माण गरिने भएको छ। यसको साथै घुम्ती कमानमा सार्वजनिक भवन नै ३२ लाख ५७ हजार रुपियाँमा निर्माण गरिने भएको छ। यस शिलान्यास कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै संगठनको सल्लाहकार श्यामकुमार खवासले जीटीए‌ प्रमुख अनित थापालाई विशेष धन्यवाद दिएका छन्।

About Author

Advertisement