खरसाङ: खरसाङकप अम्बटे विया कमानमा अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। अम्बटे चियाबारीमा स्थानीयहरुका लागि निर्माण भईरहेको अस्पतालको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले निरीक्षण गरेका छन्। उनीसित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा लगायत अन्य पदाधिकारीहरु र विभागीय अधिकारीहरु पनि उपस्थित रहेका थिए। यस अस्पतालको निरीक्षणएछि पत्रकारहरुलाई सम्बोधन गर्दै जीटीए प्रमुख अनित थापाले भने, अम्बटेमा निर्माण भएको अस्पतालमा डाक्टर अनी नर्सहरूले आफ्नो कार्य सुरु गररिसकेको छ र यस अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। जीटीएको मुख्य कार्यपाल अनित थापाले राज्यको श्रम मन्त्रालयबाट मन्त्रीले फण्ड पारित गरेकोले अम्बटेमा अस्पताल निर्माण भईरहेको र यस्तो अस्पताल विभिन्न क्षेत्रमा निर्माण भईरहेको बताएका छन्। उनले चियाबारी क्षेत्रमा आपतकालीन चिकित्सा सेवा आवश्यक हुन्छ र अम्बटे ठूलो क्षेत्र भएकोले यहाँ अस्पताल बनिनु आवश्यक रहेको थियो र यहाँ अस्पताल राम्रोसित बनेको पनि बताएका छन्। उनले भने, चियाबारी क्षेत्रमा चिकित्सा सेवा सबैतिर हुने गर्दथ्यो तर अहिले प्रायः ठप्प रहेको छ। अहिले सरकारले दिन्दैछ र चियाबारी क्षेत्रमा अस्पताल निर्माणको काम पनि भईरहेको छ।










