जीटीए प्रमुख अनित थापाको समष्टि सिटोङ लाटपञ्चारमा फुल्यो कमल

photocollage_202628205755213

खरसाङ: भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिले आफ्नो संगठन विस्तार गर्ने क्रममा अनित थापाको सुरक्षित मानिने समष्टि सिटोङ-लाटपञ्चारमा कमलको झण्डा गाड्न सफल बनेको छ। सिटोङको लङ्कुमा ३० घर परिवारले भाजपा परिवारमा सामेल बनेपछि बुथ कमिटी गठन गरेको छ। मण्डल अध्यक्ष दिवस लोहार अनि मण्डल महासचिव बिष्णु राईको सक्रियतामा जिल्ला अध्यक्ष सञ्जीव लामा, प्रवक्ता निरज थापाको उपस्थितिमा नयाँ सदस्यहरूलाई परिवारमा सामेल गराइएको जानकारी प्राप्त भएको छ। अहिलेघरि भाजपा अध्यक्ष सञ्जीव लामा स्वयं नै पहाडको प्रत्येक भेगतिर सांगठनिक विस्तारमा लागिपरेको जनाइएको छ। कालेबुङदेखि खरसाङ, दार्जिलिङको प्रत्येक गाउँमा भाजपाको क्रेज बढ्न थालेको कारण पहाडको सत्तारूढ दल प्रजातान्त्रिक मोर्चादेखि विपक्ष पार्टी जस्तै गोजमुमो, आईजीजेएफ जस्ता पार्टीहरू क्षेत्रीयवादको राप अलाप्न थालेता पनि पहाडको जनतामा भाजपाप्रति लोकप्रियता बढिरहेको दाबी गरिएको छ।

About Author

Advertisement